पोखरा । अनलाइन भिडियो कलिङ सेवा स्काइप सधैंका लागि बन्द भएको छ । सञ्चालनमा आएको २२ वर्षपछि, माइक्रोसफ्टले स्काइप मे ५ देखि सधैंका लागि बन्द गरेको हो ।
अब स्काइप प्रयोगकर्ताले सबै च्याट र कन्ट्याक्टहरूहरू माइक्रोसफ्ट टिम्समा सार्न सक्ने माइक्रोसफ्टले जानकारी दिएको छ । स्काइप बन्द गर्ने सम्बन्धमा कम्पनीले प्रयोगकर्ताहरूलाई लामो समयदेखि सूचनाहरू पठाउँदै आएको थियो।
सन् २००३ मा निकलस जेनस्ट्रोम र जानस फ्रिसले स्काइपको सुरूवात गरेका थिए । सुरूमा इन्टरनेटमार्फत फोन कल गर्न दिने सेवा थियो । पछि यसले भिडियो कल र निजी सन्देश पठाउने सुविधा पनि उपलब्ध गराएको थियो ।
कुनै समय स्काइपका ३० करोडभन्दा बढी प्रयोगकर्ताहरू रहेका थिए । सन् २००५ मा ईबेले स्काइपलाई २.६ अर्ब डलरमा किनेको थियो । पछि सन् २००९ मा ईबेले पनि लगानीकर्ताहरूको समूहलाई बेचेको थियो ।
अनि ती लगानीकर्ताहरूले पनि माइक्रोसफ्टलाई बेचेका थिए । तर पछिल्ला वर्षहरूमा स्काइका प्रयोगकर्ताको संख्या घट्दै गएका थिए । किनभने यसलाई जुम, ह्वाट्सएप, स्ल्याक जस्ता प्रतिस्पर्धीले टक्कर दिइरहेका थिए ।
प्रतिस्पर्धामा टिक्न नसकेपछि माइक्रोसफ्टले स्काइप बन्द गर्ने निर्णय लिएको हो ।
सम्बन्धित खबर
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य