पोखरा । अनलाइन भिडियो कलिङ सेवा स्काइप सधैंका लागि बन्द भएको छ । सञ्चालनमा आएको २२ वर्षपछि, माइक्रोसफ्टले स्काइप मे ५ देखि सधैंका लागि बन्द गरेको हो ।
अब स्काइप प्रयोगकर्ताले सबै च्याट र कन्ट्याक्टहरूहरू माइक्रोसफ्ट टिम्समा सार्न सक्ने माइक्रोसफ्टले जानकारी दिएको छ । स्काइप बन्द गर्ने सम्बन्धमा कम्पनीले प्रयोगकर्ताहरूलाई लामो समयदेखि सूचनाहरू पठाउँदै आएको थियो।
सन् २००३ मा निकलस जेनस्ट्रोम र जानस फ्रिसले स्काइपको सुरूवात गरेका थिए । सुरूमा इन्टरनेटमार्फत फोन कल गर्न दिने सेवा थियो । पछि यसले भिडियो कल र निजी सन्देश पठाउने सुविधा पनि उपलब्ध गराएको थियो ।
कुनै समय स्काइपका ३० करोडभन्दा बढी प्रयोगकर्ताहरू रहेका थिए । सन् २००५ मा ईबेले स्काइपलाई २.६ अर्ब डलरमा किनेको थियो । पछि सन् २००९ मा ईबेले पनि लगानीकर्ताहरूको समूहलाई बेचेको थियो ।
अनि ती लगानीकर्ताहरूले पनि माइक्रोसफ्टलाई बेचेका थिए । तर पछिल्ला वर्षहरूमा स्काइका प्रयोगकर्ताको संख्या घट्दै गएका थिए । किनभने यसलाई जुम, ह्वाट्सएप, स्ल्याक जस्ता प्रतिस्पर्धीले टक्कर दिइरहेका थिए ।
प्रतिस्पर्धामा टिक्न नसकेपछि माइक्रोसफ्टले स्काइप बन्द गर्ने निर्णय लिएको हो ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित