काठमाडौं । मंगलबार अपरान्ह निधन भएका बामपन्थी नेता प्रदीप नेपालको सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।
नेपालप्रति अन्तिम श्रद्धाञ्जली अर्पणको कार्यक्रम बेलुकी ६ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृह अगाडि नै हुने भएको छ । उनकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम पार्टी कार्यालयमा नराखिने भएको छ ।
पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । एमालेका संस्थापक नेता रहेका र पटकपटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने भएको छ ।
आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि प्रदीप नेपालको हकमा तोडिने भएको छ । परिवारका सदस्य पनि यसको विपक्षमा रहेको बुझिएको छ । तर, राष्ट्रिय झण्डा ओढाइनेछ ।
नेता नेपाल एमाले र माओवादीबीच पार्टी एकता भएदेखि नै लगभग निष्क्रिय थिए । उनी तत्कालीन नेकपाको पोलिटब्युरो सदस्यमा राखिए पनि कुनै बैठकमा सहभागी भएनन् । नेकपा विभाजनपछि उनी एमालेमा रहेर पनि सक्रिय थिएनन् । एमाले विभाजनपछि माधव नेपाल पक्षले उनलाई पार्टीको कमिटीमा राखे पनि स्वीकार गरेनन्, बरु एमालेमै सदस्यता नवीकरण गरेर बसे ।
तर, विगत एक दशकभन्दा लामो समयदेखि उनी पार्टी राजनीतिमा थिएनन् । स्वास्थ्यका कारण समेत नेता नेपाल सक्रिय नभएको भाइ समिर नेपालले बताए । उनी कम्युनिस्ट पार्टीहरुको विभाजन र नेतृत्वका गतिविधिसँग असन्तुष्ट थिए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा