काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ।
उच्च स्रोतकाअनुसार प्रचण्डसहितका व्यक्ति मंगलबार महंगो टेरेस रिसोर्टमा रात बिताउने गरी गएका थिए। सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको खुलेको हो।
गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए। छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्।
प्रचण्डको सचिवालयले बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन।
प्रचण्ड हिजो आफ्ना परिवार र आफन्तसहित एक वैवाहिक कार्यक्रममा सहभागी हुन उक्त रिसोर्ट गएका थिए । त्यही रिसोर्टमा उनले रात बिताएका हुन् । छोरीज्वाइहरुसहित गएका प्रचण्डले राति खानपिनसहित रमझम गरेका थिए । उनी मध्यरात लडेपछि तुरुन्तै मेडिसिटी अस्पताल लगिएको स्रोतले बतायो ।
उनको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि घरमै आराम गरिरहेका छन् ।
काठमाडौंकै महँगो रिसोर्ट हो टेरेस, जहाँ प्रचण्ड पहिले पनि गैरहन्थे । २८ हजारदेखि ८० हजारसम्म प्रतिदिन रूमरेट छ । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो जन्मदिन मनाउन पनि सोही रिसोर्ट पुगेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने