कोलम्बो । श्रीलंकामा तीर्थयात्री सवार बस आइतबार (मे ११) दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते छन् ।
सरकारी स्वामित्वको एउटा बस मध्यपहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ । उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० यात्रु सवार रहेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमार्फत भने, “हामी यो यान्त्रिक खराबी हो वा बस गुडिरहेका समय चालक निदाएर दुर्घटना भएको हो भन्ने कारण पत्ता लगाउने प्रयासमा अनुसन्धान गरिरहेका छौँ ।”
नाम नबताउने सर्तमा ती अधिकारीले भने, “दुर्घटनाका कारण घटनास्थलमा नै १५ र अरू ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । अरू १४ जना गम्भीर रूपमा घाइते भएका छन् ।”
उक्त बस श्रीलंकाको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल)को दूरीस्थित केन्द्रीय सहर कुरुनेगालातर्फ जाँदै थियो ।
श्रीलंकामा वर्षेनि औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन् । अत्यधिक दुर्घटना हुने गरेकाले श्रीलंकाका सडक संसारकै सबैभन्दा खतरनाकमध्येमा पर्छन् ।
श्रीलंकाको पोल्गाहावेला सहरको रेलमार्ग पास गर्ने क्रममा सन् २००५ अप्रिलमा एउटा रेललाई ठक्कर दिँदा बसमा रहेका कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । आइतबारको बस दुर्घटना श्रीलंकामा भएका सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो ।
सन् २०२१ को मार्चमा पासारामा बस दुर्घटना हुँदा १३ यात्रु र चालकको मृत्यु भएको थियो । रासस/एपी/एएफपी
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन