बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः प्रदेश प्रमुख भट्ट

शुभकामना सन्देश

बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः प्रदेश प्रमुख भट्ट

Dilli Raj Bhatta Pradesh Pramukh Gandaki

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५६९ औँ बुद्ध जन्मजयन्ती र किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपाली धर्तीमा जन्म लिनुभएका महान् पुरुष गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको उल्लेख गरेका छन् ।

‘विश्वमाझ देखिएका विभिन्न युद्ध, हिंसा, घृणा, दमनका रूपहरूको निरूपणमा बुद्धको सन्देश अति सान्दर्भिक रहेको छ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ ।’ उनले भनेका छन् ।

बुद्धले मानव जगतलाई एक सुन्दर, अनुशासित, समानता, अहिंसा, शान्ति र सम्मानित समाजमा अग्रसर रहन मार्गदर्शन गर्नुभएको उल्लेख गर्दै उपदेशलाई आत्मसात् गर्न सकिए विश्वमा भातृत्व, बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ – ‘उभौली जस्ता चाडपर्वहरूले मौलिक संस्कृतिको जगेर्ना गर्दै सबैलाई सामाजिक सद्भाव र मेलमिलापको सन्देश दिएको छ । नेपालीहरूको एकतामा उर्जा थप्न र सामाजिक बन्धुत्वको अभिवृद्धि गर्न यस्ता पर्वहरू अपरिहार्य छ । बुद्धजयन्ती र उभौलीको यो दिनमा भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिन सकियोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ