नागढुंगामा ट्राफिकका इन्स्पेक्टरबाट कुटिए प्रहरी सहायक हवल्दार

कुटपिट

नागढुंगामा ट्राफिकका इन्स्पेक्टरबाट कुटिए प्रहरी सहायक हवल्दार

सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको जानकारी

traffic and police

काठमाडौं । ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक प्रहरी सहायक हवल्दार कुटिएका छन् ।

काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टर जितेन्द्र साहले प्रहरीलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् । सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।

भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपमा छानबिन अघि बढाएको छ । काठमाडौं उपत्यकाका ट्राफिक कार्यालय स्रोतका अनुसार उक्त घटना नागढुंगामा आज बिहान साढे ८ बजेतिर भएको हो । भारतीय ट्रकमा ल्याइएको केही कार्टुन बिस्कुट हवल्दारले राखेको पनि बताइन्छ ।

घुस खाने प्रहरीलाई ठाउँको ठाउँ ठीक पारेको भन्दै कतिपयले तारिफ गरिरहेका छन् भने कतिले चाहिँ गल्ती नै गरेको भए पनि कारबाही गर्ने छुट्टै प्रक्रिया भएएकाले सडकमै हात हाल्नु राम्रो नभएको प्रतिक्रिया दिइरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ