गुडिरहेको बसमा आगलागी हुँदा पाँच यात्रुको मृत्यु

गुडिरहेको बसमा आगलागी हुँदा पाँच यात्रुको मृत्यु

bus-fire-laknow

पोखरा । भारतको लखनऊमा गुडिरहेको एक बसमा आगलागी हुँदा पाँच यात्रुको मृत्यु भएको छ। मृतकहरूमा दुई बालबालिका, दुई महिला र एक पुरुष रहेका छन्।

आउटर रिङ रोड (किसान पथ) को मोहनलालगञ्ज नजिक बिहीबार बिहान करिब ५ बजे बिहारबाट दिल्लीतर्फ गइरहेको उक्त बसमा आगो लागेको हो । उक्त बसमा करिब ८० जना यात्रु सवार थिए।

दुर्घटनाको समयमा अधिकांश यात्रु निदाइरहेका थिए। बाँचेका यात्रुहरूको भनाइ अनुसार बसमा अचानक धुवाँ भरिन थालेपछि भागाभाग भएको थियो। केही क्षणमै आगोको ठूलो लप्काले बसलाई घेरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बसको आपत्कालीन ढोका नखुलेको देखिएको छ। यस कारणले बसको पछाडिको भागमा बसेका यात्रुहरू फसेको अनुमान गरिएको छ। बसमा पाँच–पाँच किलोका सात वटा ग्यास सिलिन्डर भए पनि ती विस्फोट भने भएका थिएनन्।

अधिकारीहरूले आगलागीको वास्तविक कारण, आपत्कालीन ढोका नखुल्नुको कारण र बस चालक दलको भूमिकाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ