नेपाली काङ्ग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति भएको बताएका छन् ।
शनिबार पुतलीबजार नगरपालिका – १ सिटीहलमा आयोजित नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, स्याङ्जाको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
महामन्त्री थापाले २००७, २०४६ र २०६२/६३ सालको आन्दोलन, परिवर्तन र संविधान निर्माणमा काङ्ग्रेसले मुख्य तथा निर्णायक भूमिका खेलेकोले नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति भएको बताए ।
देशको मागलाई जसले पूरा गर्ने सामर्थ्य राख्छ सोही पार्टी राष्ट्रिय शक्ति भएको बताउँदै थापाले नेपाल काङ्ग्रेस अहिले देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक तथा राष्ट्रिय शक्ति भएको पार्टी रहेको जिकिर गरे ।
नेपाली काङ्ग्रेसमा कोहि ठूलो र कोहि सानो नभएको बताउँदै महामन्त्री थापाले केन्द्रीय महामन्त्री र वडा सदस्यको हैसियत बराबर भएको बताए । उनले भने, ‘मतको आधारमा मात्र पार्टी ठूलो र सानो रहन्छ, तसर्थ निस्वार्थ ढंगले पार्टी बलियो बनाउन सबै लाग्नुपर्छ ।’
महामन्त्री थापाले भने, ‘अहिले पार्टी गुठ र उपगुठले कमजोर बनाएको छ । पार्टी संगठनलाई बलियो बनाउने जिम्मा आम पार्टी कार्यकर्ताको हो । सहि नेतृत्व चुन्न र पार्टी बचाउन स्थानीय तहदेखि नै नेता कार्यकर्ता लाग्नुपर्छ ।’
उक्त सम्मेलनमा महामन्त्री थापाले विपीको – ‘काङ्ग्रेस हेर्न स्याङ्जा जानू’ भन्ने भनाइलाई स्मरण गर्दै अहिले सो भनाइ सान्दर्भिक नभएपनि यहाँको काङ्ग्रेस सफल भने रहेको उनको भनाइ थियो ।
राजनीतिक कार्यक्रमका लागि स्याङ्जा आएका काङ्ग्रेस महामन्त्री थापाले उक्त क्षेत्रीय सम्मेलन सम्बोधन पश्चात् जिल्लाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा पूजाआजा समेत गरी दक्षिण एसियाकै पहिलो ग्रामिण पर्यटकीय सामुदायिक होमस्टे आँधीखोलाको सिरुबारीमा पुगेका थिए ।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
नेपाल फर्किनेलाई स्वागत भइहाल्छ, अरू देशको नागरिक भइसकेकालाई नागरिकता दिन सकिँदैन: देउवा
जेलबाट रवि लामिछानेले कार्यकर्तालाई के पठाए सन्देश ? (पूर्णपाठ)
महामन्त्रीमा मुकुल ढकाल सार्वजनिक भएपछि रास्वपाले गर्यो जिम्मेवारी हेरफेर
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)