नेपाली काङ्ग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति भएको बताएका छन् ।
शनिबार पुतलीबजार नगरपालिका – १ सिटीहलमा आयोजित नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, स्याङ्जाको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
महामन्त्री थापाले २००७, २०४६ र २०६२/६३ सालको आन्दोलन, परिवर्तन र संविधान निर्माणमा काङ्ग्रेसले मुख्य तथा निर्णायक भूमिका खेलेकोले नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति भएको बताए ।
देशको मागलाई जसले पूरा गर्ने सामर्थ्य राख्छ सोही पार्टी राष्ट्रिय शक्ति भएको बताउँदै थापाले नेपाल काङ्ग्रेस अहिले देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक तथा राष्ट्रिय शक्ति भएको पार्टी रहेको जिकिर गरे ।
नेपाली काङ्ग्रेसमा कोहि ठूलो र कोहि सानो नभएको बताउँदै महामन्त्री थापाले केन्द्रीय महामन्त्री र वडा सदस्यको हैसियत बराबर भएको बताए । उनले भने, ‘मतको आधारमा मात्र पार्टी ठूलो र सानो रहन्छ, तसर्थ निस्वार्थ ढंगले पार्टी बलियो बनाउन सबै लाग्नुपर्छ ।’
महामन्त्री थापाले भने, ‘अहिले पार्टी गुठ र उपगुठले कमजोर बनाएको छ । पार्टी संगठनलाई बलियो बनाउने जिम्मा आम पार्टी कार्यकर्ताको हो । सहि नेतृत्व चुन्न र पार्टी बचाउन स्थानीय तहदेखि नै नेता कार्यकर्ता लाग्नुपर्छ ।’
उक्त सम्मेलनमा महामन्त्री थापाले विपीको – ‘काङ्ग्रेस हेर्न स्याङ्जा जानू’ भन्ने भनाइलाई स्मरण गर्दै अहिले सो भनाइ सान्दर्भिक नभएपनि यहाँको काङ्ग्रेस सफल भने रहेको उनको भनाइ थियो ।
राजनीतिक कार्यक्रमका लागि स्याङ्जा आएका काङ्ग्रेस महामन्त्री थापाले उक्त क्षेत्रीय सम्मेलन सम्बोधन पश्चात् जिल्लाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा पूजाआजा समेत गरी दक्षिण एसियाकै पहिलो ग्रामिण पर्यटकीय सामुदायिक होमस्टे आँधीखोलाको सिरुबारीमा पुगेका थिए ।
सम्बन्धित खबर
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा