काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा सहभागी नभएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)प्रति आपत्ति जनाएका छन्।
सिंहदरवारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले सहभागी हुने नहुने विषयमा सोधीखोजी गर्न निर्देशन दिए।
कहिल्यै नआउने व्यक्तिको नाम राखिरहने प्रवृत्ति हटाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ। ‘केही मान्छेलाई हामीले हरेक पटक बोलाउँछौं। तर, कहिल्यै देखा पर्दैनन्। पद ओहोदाकै कारण नामचाहिँ सधैं टाँस्नुपर्ने? मानका लागि मान राख्ने चलन छोड्नुपर्छ कि क्या हो,’ प्रधानमन्त्री ओलीले बालेन लक्षित टिप्पणी गर्दै भने।
उनले गणतन्त्रको महत्त्व नहुनेहरूको नाम झुन्ड्याउन आवश्यक नरहेको बताए। ‘कसैलाई कुनै अर्थ छैन। कुनै महत्त्व छैन। अनि वास्तै नहुनेको नाम सधैं झुन्ड्याइरहने? नगरे पनि हुन्छ। कि तपाइँहरुले सोध्नुस्। आउने हो कि होइन। रुची छ कि छैन,’ उनले थपे।
प्रधानमन्त्रीको भनाइपछि सरकारका मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा बोलाएका मान्छे आउनुपर्ने कर्तव्य भएको बताए। तर, उपस्थित नभएकै कारण सोध्न गाह्रो हुने उनको भनाइ छ। ‘सम्माननीयज्युले चेयर गरेको कार्यक्रममा बोलाएको मान्छे आउने कर्तव्य हो। उहाँको जिम्मेवारीभित्र पर्ने विषय पनि हो। अब सोध्न पनि गाह्रो। जिल्ला बाहिर भए त एउटा विषय भयो। फर्मल मिटिङमा चाहिँ आउनुपर्छ भन्ने हामीले मान्यता राख्छौं। अर्को कुरा, सम्माननीयज्यु बस्दाबस्दै उठेर जाने प्रवृत्ति पनि नराम्रो हो,’ उनले भने।
त्यसपछि प्रधानमन्त्री ओलीले रेकर्ड हेरेर आउने हो कि होइन सोध्न निर्देशन दिए। ‘हरेक पटक इतिहासचाहिँ बनिरहने। नाम चाहिँ छापिरहने। पवित्र नाम पढिरहन पर्ने,’ उनले भने, ‘आउने होइन, आउन सक्दिन हो भने नाम नराख्नुहोला।’
सधैं बोलाउनुपर्ने बाध्यता हटाउनुपर्ने उनको भनाइ छ। ‘हाइलेभल कमिटीमा सहभागिताका लागि निमन्त्रणा गर्ने। तर, एकपटकको कुरा होइन, दुई पटक, तीन पटकसम्म पनि आएन भने पद नै जान्छ। जसलाई न चाड, न पर्व, न केही, न केही। कुनै वास्ता नभएको। अनि सधैं बोलाउनुपर्ने। हामीलाई बाध्यता हुने अनि आउन पर्ने मान्छे नआइदिने। यस्तो हुँदैन,’ प्रधानमन्त्रीले भने।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?