‘म राजनीतिमा आउँछु कि भनेर कसैले चिन्ता लिनु पर्दैन’ – प्रधानमन्त्री पत्नी शाक्य

‘म राजनीतिमा आउँछु कि भनेर कसैले चिन्ता लिनु पर्दैन’ – प्रधानमन्त्री पत्नी शाक्य

radhika-shakya

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू राजनीतिमा आउने कुनै योजना नरहेको बताएकी छन् ।

आफूले लेखेको पुस्तक ‘करुणा’ बारे सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा लेखिका शाक्यले आफूलाई लागेका कुरा किताबमा व्यक्त गरेको प्रस्ट पार्दै राजनीतिमा आउने कुनै लक्ष्य र योजना नभएको बताइन् ।

‘अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता–कता प्रश्न गरेको मैले सुनेकी छु,’ शाक्यले भनिन्, ‘तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको पनि होइन, मैले राजनीति गर्छु भनेर यो गरेको पनि होइन ।’

शाक्यले आफू एउटा सामान्य नेपाली रहेको प्रस्ट पारिन् । उनले भनिन्, ‘म इमानदार नेपालीको छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ । यो ठिक, यो बेठिक भन्ने कुरा लागेको छ । ती लागेका कुरा मैले किताबमार्फत व्यक्त गरेको हो ।’

लागेको कुरा व्यक्त गर्ने अधिकार सबैलाई रहेको उनले बताइन् । ‘त्यसो भएकाले म राजनीतिमा आउँला कि, यसो–उसो भनेर चिन्ता नगर्न म विनम्र अनुरोध गर्दछु,’ उनले भनिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ