रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते

रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते

bus-accident-tanahun

तनहुँ । तनहुँको डुम्रेमा बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।

रुकुम पश्चिमबाट काठमाडौँ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००१–अ–यो ००२७ नम्बरको टिपर आज बिहान बन्दीपुर नगरपालिका– ४ गोरे चौतारामा ठोक्किएका हुन् ।

दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका ७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिकाका ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका ४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै (गा.पा.नखुलेको) ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक जिल्ला तनहुँ भानु नगरपालिका १२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते भएका हरिसचन्द्रको खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अन्य सबैको अवस्था सामान्य छ । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ