काठमाडौँ । आज (मंगलबार) मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो ।
हिजो (सोमबार) नियमित रूपमा बस्नुपर्ने बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण अन्तिम समयमा स्थगित भएको थियो । यसका कारण आज मन्त्रिपरिषदको बैठक नियमित रूपमा बस्ने तालिका रहेको छ ।
आजै अपरान्ह ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै छ भने यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको थियो ।
सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढुगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवातार्मामा पौडेलको नाममा सहमति जुटेको थियो ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्नेछ । पाैडेल कांग्रेसकाे काेटाबाट गभर्नर बन्न लागेका हुन् ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसहित ओली र देउवाबीच आज बिहान छलफल भएको छ। स्रोतका अनुसार भेटमा उनीहरुबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी जेठ १५ गते सरकारले ल्याउने बजेट, सदनलाई प्रभावकारी बनाउन र समसायमिक राजनीतिक विषयमा छलफल भएको छ। गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ।
सम्बन्धित खबर
तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
अनेरास्ववियु अध्यक्षमा कडरिया झिनो मतले विजयी, गण्डकीका प्रकाश ७ मतले पराजित [पूर्ण नतिजा]
यी स्थानमा बदली र वर्षा हुने
कैलालीमा प्रहरीले गोली चलायो, दुईजना पक्राउ
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
बिल नभएको सुन, हिरा तथा पत्थरको गहना बेच्ने ४ भारतीय पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग