काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले स्पष्टीकरण सोधेका छन् ।
अनुशासनहीन भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगर स्रोतले पुष्टि गरेको छ ।
स्पष्टीकरणमा कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्ययममा अनधिकृत बयान दिएको उल्लेख छ ।
यस्तै महानगरका जनप्रतिनिधिहरुसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको पनि गुरागाइँले सोधेको स्पष्टिकरणमा उल्लेख छ ।
कार्यालय प्रवेश गर्दा भएको द्वन्द्वलाई इंगित गर्दै स्पष्टिकरणमा भनिएको छ ‘वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको।’
यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध गरेको जस्ता कुरा समेत स्पष्टीकरण उल्लेख छ ।
महानगरका स्रोतका अनुसार सात दिन भित्र स्पष्टिकरण पेश नगरे वा स्पष्टिकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने समेत उल्लेख छ ।
महानगर स्रोतका अनुसार यस्ता छन् स्पष्टीष्टीकरणका मुख्य बुँदा
कर्मचारीको आचरण तथा अनुशासन किन पालना नगरेको ?
मिडियामा अनधिकृत बयानबाजी किन गरेको ?
जनप्रतिनिधिहरूसँग मुखमुखै किन लागेको ?
वातावरण शान्त पार्ने आदेशविपरीत द्वन्द्व निम्त्याउने काम किन गरेको ?
प्रशासकीय अधिकृतलाई बाटो छेकी किन कार्यालय छिर्न नदिएको ?
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो