‘अनुशासनहिन कर्मचारी’ भन्दै राजुनाथ पाण्डेलाई सोधियो स्पष्टीकरण, स्पष्टीकरणमा के छ ?

‘अनुशासनहिन कर्मचारी’ भन्दै राजुनाथ पाण्डेलाई सोधियो स्पष्टीकरण, स्पष्टीकरणमा के छ ?

Rajunath-pandey-KTM

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले स्पष्टीकरण सोधेका छन् ।

अनुशासनहीन भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगर स्रोतले पुष्टि गरेको छ ।

स्पष्टीकरणमा कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्ययममा अनधिकृत बयान दिएको उल्लेख छ ।

यस्तै महानगरका जनप्रतिनिधिहरुसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको पनि गुरागाइँले सोधेको स्पष्टिकरणमा उल्लेख छ ।

कार्यालय प्रवेश गर्दा भएको द्वन्द्वलाई इंगित गर्दै स्पष्टिकरणमा भनिएको छ ‘वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको।’

यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध गरेको जस्ता कुरा समेत स्पष्टीकरण उल्लेख छ ।

महानगरका स्रोतका अनुसार सात दिन भित्र स्पष्टिकरण पेश नगरे वा स्पष्टिकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने समेत उल्लेख छ ।

महानगर स्रोतका अनुसार यस्ता छन् स्पष्टीष्टीकरणका मुख्य बुँदा

कर्मचारीको आचरण तथा अनुशासन किन पालना नगरेको ?

मिडियामा अनधिकृत बयानबाजी किन गरेको ?

जनप्रतिनिधिहरूसँग मुखमुखै किन लागेको ?

वातावरण शान्त पार्ने आदेशविपरीत द्वन्द्व निम्त्याउने काम किन गरेको ?

प्रशासकीय अधिकृतलाई बाटो छेकी किन कार्यालय छिर्न नदिएको ?

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ