काठमाडौं । सार्वजनिक लेखा समितिमा सांसदहरूबीच भनाभन भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि बुधबार भएको छलफलमा सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको हो।
माओवादी सांसद अमनलाल मोदीले सत्तापक्ष एवं नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको सम्बन्धमा टिप्पणी गरेका थिए। उनले एमालेकै सभापति रहेको समितिमा एमाले सांसदहरूले फरक मत राख्नु अस्वाभाविक भएको बताएका थिए।
उनले बोल्दै गर्दा एमाले सांसद गोकुल बास्कोटाले आपत्ति जनाएका थिए। समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै उनले एमालेको नाम किन लिइएको भन्दै आक्रोश पोखे।
करिब ५ मिनेट एमाले-माओवादी सांसदबीच वादविवाद भयो। एमालेबाट गोकुलसँगै योगेश भट्टराईले आपत्ति जनाइएपछि एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि आक्रोशित बनेका थिए।
सभापति ऋषिकेश पोखरेलले विवादलाई साम्य गर्ने प्रयास गरेका थिए। सांसद मोदीले त्यही भएर लेखा समिति प्रमुख प्रतिपक्षीकै हुनुपर्ने बताएका थिए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए