पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरलले नेकपा एमाले र पार्टीको नेतृत्वलाई नेकपा (माओवादी केन्द्र) ले आक्रमण गरिरहेको बताएका छन् ।
पोखरामा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् । नेकपा एमाले पार्टी र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको उनले बताए ।
‘आज हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । कसका तर्फबाट भइरहेको छ भन्ने कुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा माओवादी र तिनका कार्यकर्ताहरू अत्यन्त आक्रामक रुपमा प्रस्तुत भइरहेको पाउने गर्दछाँै,’ उनले भने ।
उनीहरूको उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु रहेको उनको भनाइ थियो । अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको दाबी उनले गरे ।
‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वका विरुद्धमा जुन हमला भइरहेको छ । जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा विरोधीहरुले जुन हिसावले हाम्रो विरोध गरिरहेका छन् । त्यो आलोचनाको अन्तर्य के हो भन्नेकुरा बुझ्नुपर्दछ । जसको ध्येय, उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्ने रहेको छ, उनीहरूले गर्ने आलोचनाबाट हाम्रो पार्टी पंक्ति उद्वेलित हुनु हुँदैन,’ महासचिव पोखरेलले भने ।
अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको उनको दाबी छ । महासचिव पोखरेलले नेकपा (एमाले)को नेतृत्वको सरकार र एमालेबाट कुनै गलत काम नभएको दाबी गरे ।
सम्बन्धित खबर
तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
अनेरास्ववियु अध्यक्षमा कडरिया झिनो मतले विजयी, गण्डकीका प्रकाश ७ मतले पराजित [पूर्ण नतिजा]
यी स्थानमा बदली र वर्षा हुने
कैलालीमा प्रहरीले गोली चलायो, दुईजना पक्राउ
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
बिल नभएको सुन, हिरा तथा पत्थरको गहना बेच्ने ४ भारतीय पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग