राजावादी विरुद्ध माओवादी भण्डाफोर अभियानमा छ, मिल्ने कुनै सम्भावना छैनः प्रचण्ड

राजनीति

राजावादी विरुद्ध माओवादी भण्डाफोर अभियानमा छ, मिल्ने कुनै सम्भावना छैनः प्रचण्ड

'राजावादीसँग मिल्न जान्छ भनेको भए मेन्टल हस्पिटल जानुस्'

Prachanda pokhara

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजासँग मिल्ने आरोप लगाएको भए मेन्टल हस्पिटल जचाउन आग्रह गरे ।

‘राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै केही भन्दिनँ । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु’, उनले भने ।

प्रचण्डले राजावादीविरुद्धको माओवादीको भण्डाफोरले सरकारलाई राहत मिलेको दाबी गरे ।

उनले भने, ‘बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामी र राजावादीहरुको निरंकुशतामाथिको हर्कतको भण्डाफोर गरिदिँदा सरकारलाई थोरै भएपनि राहत महशुस भयो ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ