पोखरा । गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्मन्त्री खगराज अधिकारीले राजनीतिक स्थायित्वकै लागि नेपाली कांग्रेस र एमालेको सरकार गठन भएको बताएका छन् ।
गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले स्थिरतासंगै संघीय सरकारले बिकास निर्माणका काममा पनि तिब्रता दिएको उल्लेख गरे ।
‘सरकार बनाउने क्रममा राजनीतिक मूल्यमान्यता छाडेका हौला, सांसदको संख्या जसरी पनि बढाउन खोजिएको होला । यो गल्ती गरिएकै हो’, अधिकारीले भने, ‘तर सरकारमा नहुँदा छटपटिएर सरकारका कारण जनतामा निराशा उत्पन्न भएको भनिदै छ त्यो अवस्था छैन । सरकार आफ्नै गतिमा हिडिरहेको छ ।’ सबै दलको सहमतिका आधारमा संविधान संसोधन हुने उनले बताए ।
गण्डकीमा तीन दलबीच भएको सहमति अनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए । कुनै पनि समितिमा कसैलाई नराख्ने नभनिएको भन्दै उनले तर भद्र सहमतिको अवज्ञा गरेर एमालेमाथि दोष दिन नपाइने उनले बताए ।
‘जे चाहन्छि लैजाउनुस तर एमलेमाथि झुटो आरोप लगाएर आफु भने सहमतिबाट नभाग्नुस’, सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले नपाएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको भनाईप्रति इंगीत गर्दै अधिकारीले भने, ‘तर कांग्रेस र विपक्षी दलले दोष एमालेमाथि नलगाउनुस ।’
उनले गणतन्त्रको स्वाद चाख्ने अनि लुटतन्त्र भन्न नपाइने पनि बताए । हिजो लुटतन्त्रको झन्डा हल्लाउँदा के हेर्नु भएको थियो भन्दै उनले राप्रपा सांसद पंचराम गुरुङप्रति कटाक्ष गरे । आगजनी, तोडफोड, पत्रकार हत्या गर्ने र फेरी आगजनीका लागि निमन्त्रणा गर्दै हिडेको भन्दै उनले राजावादीको आन्दोलनलाई लुटतन्त्र बताए ।
‘राजावादीको आन्दोलनले गणतन्त्रमाथि कुनै खतरा छैन’ उनले भने, ‘यो सवल र सक्षम गणतन्त्र हो । अझै बलियो बनाइन्छ ।’ उनले प्रदेशको बिकास लागि सबै दलहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ