काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको भिजिट भिषा प्रकरणमा छानबिनको दायरामै नभएको निष्कर्ष निकालेको छ ।
आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सो विषयमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकको कुनै दोष नै नभएको दाबी गरे । साथै त्यसमा कर्मचारीले बदमासी गरेको विषयमा मन्त्रीलाई आरोप लगाउन नहुने उनको तर्क छ ।
छानबिन नै नभइ निर्दोष या दोषी निक्र्यौल हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा डा. महतले भने, ‘छानबिनको दायरामा गृहमन्त्री हुँदै हुनुहुन्न ।’
त्यस्तै उनले यसअघिका विभिन्न विषयमा उजुरी परेको र अहिले गृहमन्त्रीकोविरुद्धमा कुनै उजुरी नै नपरेको र बाहिर अफवाह फैलाइएको उनले बताए ।
‘यहाँ पहिला पहिलाको उदाहरण दिने गरिन्छ । पहिला त त्यहाँ उजुरी परेको थियो, अहिले पनि त्यसैगरी जोड्न खोजियो । अफवाह फैलाइयो,’ उनले भने ।
त्यस्तै गृहमन्त्रीले जेठ १३ गते बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिने र त्यसपछि सबै थाहा हुने उनले बताए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण