काठमाडौँ । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई अदालतले मानवीय व्यवहार नगरेको बताएकी छन् ।
पति लामिछानेको आदेश आउने भएपछि सर्वोच्च अदालत पुगेकी पौडेलले आफूलाई अदालतबाट मानवीय व्यवहार नगरिएको लेखेकी छन् ।
‘अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ,’ उनले लेखेकी छन् ।
त्यसअघि उनी लेख्छिन्, ‘करिब २ बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहेँ। केहीपछि सहरजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो । ‘एकैछिन है…’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन् । आदेश ल्याएर सुनाउनुपर्ने मान्छे नै हराए ।’
निकिताले भोलिपल्ट भैरहवा नै गएको पनि फेसबूकमा लेखेकी छन् । उनले त्यसलाई जिन्दगीकै कठिन दिनसमेत भनेकी छन् ।
‘अन्यायको शिकार भएकी म कसरी तंग्रिएर हिँडे होला । कसरी उहाँको अगाडि पुगेँ, थाहा छैन। सायद जिउँदो लास भएर हिँडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होश खुलेजस्तो भयो। साँझ काठमाडौं फर्किए ।’ उनले भनेकी छन् ।
उनले केही प्रमाण नभेटिँदा पनि आफ्नो श्रीमान्लाई थुनेको तर्क गरेकी छन् । ‘गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग ?’
गत शुक्रबार अदालतले लामिछानेको आदेश दिँदै थियो। श्रीमान् छुट्लान् भनेर अदालत पुगेकी निकिता नभेटी फर्किइन्। त्यसबेला अदालतले लामिछानेलाई थुनामै राख्नका लागि आदेश दिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने