पोखरा । पोखरा महानगरपालिका वडा नं २५ हेमजामा जेष्ठ १० गते देखि जारी ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” को तेस्रो दिन दुई खेल सम्पन्न भएको छ ।
सोमवार पहिलो खेल वडा न १३ र १४ बिच भएको थियो ।जस्मा १३ ले २–० गोलको अन्तरले १४ लाई पछि पार्दै आगामि यात्रा तय गर्यो । आयोजक वडा न. २५ निलो र वडा न. २० विच भएको पहिलो क्वाटरफाईनलको खेलमा ४–० गोल अन्तरले पछि पादै वडा न.२५ निलोले सेमिफाइनल प्रवेश गरेको छ । उक्त खेलमा वडा न.२५ जसी न. ६ का खेलाडी राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
भोलिको पहिलो खेल वडा न.५ र २५ रातो बिच विहान ८ः०० बजे हुनेछ । दोस्रो वडा न.१ र ६ बिच विहान १०ः०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुंवारले जानकारी दिए।
१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
खेल जेष्ठ १७ गते सम्म गौरीशंकर खेल मैदान(गौरी)मा सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह