विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कोसी प्रदेश कार्यालयले कोसीका विभिन्न जिल्लामा रहेका विद्युत् प्राधिकरणका वितरण केन्द्र तथा ग्रिड महाशाखाको संयुक्त अनुगमन तथा सेवाप्रवाह मूल्यांकन सम्पन्न गरेका छन् ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोसी प्रदेश प्रमुख राजीव सिंह तथा ऊर्जामन्त्री दीपक खड्काको टोलीले आइतबार र सोमबार दुई दिनसम्म विराटनगर, दुहबी, इटहरीलगायत वितरण केन्द्र तथा ग्रिड महाशाखामा स्थलगत अवलोकन गरेका हुन् ।
टोलीले अनुगमनकै क्रममा उपभोक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै विद्युत् सेवा प्रवाहमा देखिएको समस्या, सम्भावना र सुधारको पक्षमा महत्त्वपूर्ण जानकारी संकलन गरेको छ ।
टोलीले विशेष रूपमा विराटनगर वितरण केन्द्र, दुहबी वितरण केन्द्र, दुहबी ग्रिड महाशाखा र इटहरी वितरण केन्द्रमा निरीक्षण गर्दा सामान्यतः सेवा प्रवाह सन्तोषजनक पाइए तापनि केही उपभोक्ताबाट आएको गुनासोमा गम्भीरताका साथ ध्यान दिएको जनाएको छ ।
अनुगमनकै क्रममा एक अचम्मको घटनाले टोलीको ध्यान खिचेको छ । सागर थापा नाम बताउने एक व्यक्तिले साँझ ८:१५ बजे ९७६३७०२७३४ नम्बरबाट फोन गरी धनकुटामा विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिएका थिए । तर प्राधिकरणले सो क्षेत्रको अवस्थाबारे बुझ्दा कतै पनि विद्युत् अवरुद्ध नभएको पुष्टि भयो ।
थप अनुसन्धानका क्रममा ती व्यक्तिले कर्मचारीलाई दुःख दिने नियतले अपमानजनक र उच्छृंखल भाषा प्रयोग गर्दै ‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जाल र युट्युबलगायत प्लेटफर्ममा राखिदिने धम्कीपूर्ण शब्द प्रयोग गरेको खुलेको छ ।
केही दिनअघि मात्रै ऊर्जामन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउने चेतावनी दिएका थिए । उक्त घटनाले मन्त्रीको भनाइ व्यवहारमा परिणत हुँदै गएको देखिन्छ ।
ऊर्जा मन्त्रालय र कोसी प्रदेशको संयुक्त अनुगमन टोलीले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिँदै, सत्य र तथ्यको आधारमा सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले आगामी दिनमा यस्ता झुटा सूचना फैलाउने कार्यप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट सन्देश दिएको छ ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो