पोखरामा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

पोखरामा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

opeaning

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट बारको सहयोगमा पोखरामा आजदेखि कास्की भेट्रान्स सिंगल तथा डबल्स टेनिस प्रतियोगिता सुरु भएको छ । संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङ र प्याराडिसोका सञ्चालक गोपीबहादुर भट्टराईले अफिसियल सन्दिप विकलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको सुरुवात गरे ।

खेलको नतिजाबाट कास्कीका भेट्रान्स खेलाडीहरुको रेंकिङ समेत गरिने भएकाले यो प्रतियोगिताको विशेष महत्व रहेको आयोजक संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले बताए । टेनिसतर्फ भेट्रान्स खेलाडीहरु आकर्षण बढ्दै गएको अवस्थामा उनीहरुको खेल कौशल बढाउन यस्ता प्रतियोगिताहरु सञ्चालन भइरहनुपर्ने सहयोगी गोपीबहादुर भट्टराईको भनाई छ । प्रतियोगितामा सिंगलतर्फ १६ जना र डबल्सतर्फ १२ टिमको सहभागिता रहेको टुर्नामेण्ट डाइरेक्टर प्रदीप खड्काले जानकारी दिए ।

प्रतियोगिको पहिलो दिन सिंगलतर्फ राज गुरुङले राजकुमार गुरुङलाई ६–४, ६–३ ले, प्रकासराज वाग्लेले दुर्गा सुनारलाई ६–४, ३–६ र सुपरटाईमा १०–५ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरे । त्यसैगरि गोपी भट्टराईले हर्क गुरुङलाई ६–२, ६–१ ले, लक्ष्मण तामाङले पदम गुरुङलाई ६–२, ७–६ ले, धरमबहादुर लामिछानेले केबी लामालाई ४–६, ६–० र सुपरटाईमा १०–४ ले, शरण गुरुङले बिरेन्द्र लामालाई ६–२, ७–५ ले पराजित गरे । डबल्सतर्फ दोर्जे लामा र उज्वल तज्याको जोडीले प्रकासराज वाग्ले र इन्द्र गुरुङको जोडीलाई ७–६ र ६–३ ले पराजित गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ