पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी-२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मदरल्याण्डले त्रिवेणी पब्लिक स्कुलबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दै सेमीफाइनलको यात्रा गर्ने पहिलो टिम बनेको हो । यसअघि मदरल्याण्डले आईतबार वाराही माविलाई ९ रनले पराजित गरेको थियो । सोमबारको खेल जितेर मदरल्याण्ड समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
सोमबारको खेलमा त्रिवेणी पव्लिक स्कुलले टस जितेर व्याटिङ रोज्दै १०.४ ओभरमा ९ विकेटको नोक्सानीमा ४८ रन बनाएको थियो । सो स्कुलका क्याप्टेन खुट्टामा चोट लागेर घाईते भएपछि अन्तिम विकेट झर्नुअघि नै रिटायर्ड हर्टहुँदै बाहिरिएका थिए । त्रिवेणीका ऋतिक रोक्काले १५ बलमा १७ रन तथा प्रतीक कँडेलले १९ बलमा १४ रन बनाउनुबाहेक अन्य व्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्रिवेणीलाई झिनो स्कोरमा समेट्ने क्रममा गौरव क्षेत्रीले २ ओभरमा ३ रन दिएर २ विकेट लिँदा दर्शन सुवेदीले १.४ ओभरमा ४ रन खर्चेर २ विकेट हत्याएका थिए ।
४९ रनको झिनो लक्ष्य पछ्याएको मदरल्याण्डले ५.१ ओभरमै १ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । मदरल्याण्डका ग्रेस क्षेत्रीले १५ बलमा २० रन तथा दर्शन सुवेदीले ११ बलमा १६ रनको योगदान दिए । त्रिवेणीका रोमन भाटले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिनुबाहेक अन्य बलर विकेट लिन असफल रहे ।
सो खेलमा मदरल्याण्डका गौरव क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए ।
सोमबार नै भएको अर्को जुनियर सिटिजन एकेडेमीले कुमुदिनी होम्सलाई १ सय रनको फराकिलो अन्तरले हरायो । यसअघि आईतबार भएको खेलमा प्रतिभा माविसँगपनि एक सय रनले पराजित कुमुदिनी सोमबारपनि उतिनै रनले जुनियर सिटिजन एकेडेमीसँग हारेपछि समूह बिजेता बनेर सेमीफाइनल प्रवेश गर्ने होडबाट बाहिरिएको छ ।
सोमबारको खेलमा टस जितेर व्याटिङ रोजेको जुनियर सिटीजन एकेडेमीले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै २ विकेटको क्षेतीमा १७३ रनको विशाल योगफल तयार गर्यो । विशाल योगफल तयार गर्नका लागि जुनियर सिटिजन एकेडेमीका सौरभ शर्माले ४५ बलमा ६९ रन, साहिल कुमारले ४२ बलमा ५९ रन तथा अभिषेक विकले ११ बलमा २२ रनको योगदान दिए ।
१७४ रनको विशाल लक्ष्य पछ्याएको कुमुदिनी होम्स ११.५ ओभरमा पूरै विकेट गुमाएर ७३ रनमा सिमित भएको थियो । कुमुदिनी होम्सका लागि मोहम्मद अलीले १५ बलमा १४ रन तथा सिद्धार्थ रावतले ९ बलमा ११ रन बनाएपनि अन्यले दोहोरो रन जोड्न सकेनन । जुनियर सिटिजनका नविन श्रेष्ठले २.५ ओभरमा १७ रन खर्चेर ४ विकेट तथा दीपेन सुवेदीले २ ओभरमा ७ रन खर्चेर २ विकेट हत्याए ।
सो खेलमा जुनियर सिटिजन एकेडेमीका नवीन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा न्यूलाईट सेकेण्डरीबिरुद्ध अमरसिंह मावि तथा दोश्रो खेलमा एसओएस हर्मन माईनर सेकेण्डरी स्कुलबिरुद्ध रत्नज्योति सेकेण्डरी स्कुल आमनेसामने हुने संघका अध्यक्ष पुनले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ