पोखरा । अमेरिकाले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ ।
अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ । मन्त्रालयले टीपीएस हैसियतमा अमेरिकामा बस्दै आएका नेपालीहरूको अरू हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न पनि भनेको छ ।
अमेरिकी गृह सुरक्षा मन्त्रालयको सूचना अनुसार टीपीएस सुविधामा अमेरिकामा बसिरहेका नेपालीले अबको दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने हुन्छ । चार वर्षअघि सन् २०२१ को अन्त्यसम्ममा १४ हजार पाँच सय ५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए ।
९ महिनाअघि सार्वजनिक भएको अर्को तथ्याङ्कमा भने विश्वका १६ देशबाट आठ लाख ६३ हजार रहेकामा नेपालका सात हजार आठ सय ७५ जना अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेको उल्लेख छ । सन् २०१५ मा राष्ट्रपति बाराक ओबामाको प्रशासनले नेपालीलाई टीपीएसको हैसियत प्रदान गरेको थियो ।
सम्बन्धित खबर
एयर इन्डियाको जहाजमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण
इरानमाथि इजरायलको आक्रमण, आपतकाल घोषणा
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, लण्डन उडेको जहाजमा २४२ सवार
अस्ट्रियाको विद्यालयमा अन्धाधुन्ध गोली चलाएर पूर्वविद्यार्थीले गरे १० जनाको हत्या
अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज चार्टर्ड विमानबाट नेपाल फर्काइदै
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग