मर्निङ वाकमा निस्किएका तनहुँका मल्ल नदिमा मृत फेला

मर्निङ वाकमा निस्किएका तनहुँका मल्ल नदिमा मृत फेला

tara

तनहुँ । बुधबार बिहान देखि हराएका तनहुँ व्यास– २ कालिका मार्ग निवासी क्या.तारा लाल मल्लको शव तीनदिन पछि फेला परेको छ ।

बुधबार मर्निङ वाकमा निस्किएका मल्ल वेपत्ता भए पछि खोजी गर्ने क्रममा आज साराङघाटस्थित मादी नदिमा डुबिरहेको अवस्थामा भेटिएको हो ।

मल्लको मोवाइल, चस्मा टोपी लगायतका सामाग्रीहरु शान्ति नगर पाटन जोड्ने मादी नदीको झोलुङगे पुलमा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार बिहान साँढे ४ बजेको समयमा झोलुङगे पुल आसपासको क्षेत्रमा नदीमा ठूलो आवाज आउनुका साथै पुल हल्लिएको आवाज सुनिएको थियो ।

झोलुङगे पुलमा मल्लको मोवाइल लगायतका सामान फेला परेसँगै मल्ल पुलबाट हाम फालेको आशंका गरिएको थियो ।

सोही आशंकालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमौली बजारबासी र गोदाखोर सहितको टोलीले वेपत्ता मल्लको खोजी कार्य सुरु गरेको थियो ।

मृतक मल्ल विभिन्न सामाजिक क्षेत्रमा सक्रिय थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ