पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पीयनसीपको सेमीफाइनल समीकरण पूरा भएको छ ।
पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार समूह ‘डी’ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेसँगै सेमीफाइनल पुग्ने सबै टिमको टुंगो लागेको हो । यसअघि समूह ‘ए’बाट मदरल्याण्ड, समूह ‘बी’बाट रत्न ज्योति र समूह ‘सी’बाट प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत शनिबार सेमीफाइनलका खेलहरु हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो सेमीफाइनल खेल प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल तथा दोस्रो खेल मदरल्याण्ड मावि र सृजना माविबीच प्रतिष्पर्धा हुनेछन् ।
शुक्रबारको अन्तिम सेमीफाइनल खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्यो । सृजना माविले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको अमरसिंह माविले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतीमा १३६ रनको योगफल तयार गरेको थियो । अमरसिंह माविका लागि सत्कार चालीसेले ४७ रनको योगदान दिए । अमरसिंहलाई सस्तैमा समेट्न सृजना माविका समीर यादव एक्लैले ३ विकेट लिए ।
१३७ रनको मध्यम लक्ष्य पछ्याएको सृजना माविले १८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै सेमीफाइनल यात्रा तय गर्यो । सृजना माविका लागि अभिनय विकले ४२ रनको योगदान दिए । अमरसिंह माविका सुकी यादवले २ विकेट लिएपनि जित दिलाउन सकेनन् । सो खेलमा सृजना माविका अभिनय विक प्लेयर अफ दी म्याच घोषित भए ।
यसअघि समूह ‘डी’ कै खेलमा सृजना माविले नै न्यूलाइट सेकेण्डरी स्कुललाई ७४ रनले पराजित गर्दै सेमीफाइनल पुग्ने बाटो खोलेको थियो । टस जितेर पहिलो व्याटिङ गरेको सृजना माविले १३ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै ६ विकेटको क्षेतीमा ११२ रन बनाएको थियो । सृजनाका लागि ईश्वर चन्द्र सुवेदीले २५ रनको योगदान दिए । सृजनालाई दवाबमा राख्ने क्रममा न्यूलाईटका सन्दीप सुवेदीले २ विकेट लिएका थिए ।
११३ रनको मध्यम लक्ष्य पछ्याएको न्यूलाईट ९.४ ओभरमा अलआउटहुँदै केवल ३८ रनमा सिमित भएपछि पराजित भयो । न्यूलाईटका कसैलेपनि उत्कृष्ट प्रदर्शन नगर्दा झिनो रनमा समेटिएको हो । न्यूलाईटलाई सस्तैमा समेट्न सृजनाका सचिन शर्मा र विशाल ढकालले ३/३ विकेट लिए । सो खेलमा सृजनाका विशाल ढकाल प्लेयर अफ दी म्याच घोषित भए ।
अर्को खेलमा वाराही माविले त्रिवेणी पव्लिक स्कुललाई ११८ रनले पराजित गर्यो । टस जितेर पहिलो व्याटिङ गरेको वाराही माविले १९ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै ४ विकेटको क्षेतीमा १६२ रनको योगफल तयार गर्यो । वाराहीका मनोज घर्ती मगरले ३२ तथा अभिषेक अधिकारीले १८ रनको योगदान दिए ।
१६३ रनको लक्ष्य पछ्याएको त्रिवेणी पव्लिक ९.४ ओभरमा केवल ४४ रनमा समेटिएपछि वाराही मावि बिजयी भयो । त्रिवेणीलाई सस्तैमा समेट्ने क्रममा वाराहीका अभिषेक अधिकारी एक्लैले ४ विकेट तथा विवेक विकले ३ विकेट लिएका थिए । सो खेलमा विवेक विक प्लेयर अफ दी म्याच घोषित भए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह