पोखरा । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज नेपाल आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् नेपाल फर्काइदिएको छ ।
नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नभएको बताए ।
विमानमा नेपालीसँगै अन्य देशका नागरिकहरु पनि सवार छन्, जसलाई उनीहरूको देशमा झार्दै विमान काठमाडौं आइपुग्नेछ।
अध्यागमन स्रोतका अनुसार सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी भए पनि केही नेपाली रोकिएकाले अन्तिम संख्या कम हुन सक्ने अनुमान गरिएको छ। तथापि, डिपोर्ट गरिएका नेपालीहरुको संख्या कम्तिमा ४० जना हुने सम्भावना छ।
प्रवक्ता न्यौपानेका अनुसार अमेरिकाबाट फर्काइएका नेपालीहरुलाई के कारणले डिपोर्ट गरिएको भन्ने विवरण अमेरिकी पत्राचारमा खुलाइएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि आप्रवासीबारे नीति झन कडा बनाइएको छ। भिसा प्रक्रिया पुरा नगरेका, भिसा अवधि नाघेका वा अन्य कुनै कानुनी उल्लंघन गर्नेहरुलाई अमेरिका सरकारले नियन्त्रणमा लिएर देश निकाला गरिरहेको छ।
सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ। अध्यागमन विभागको तथ्यांक अनुसार जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिका फर्काइएका छन्।
अमेरिकाबाट नेपालीहरुको डिपोर्ट हुने क्रम ट्रम्पको पहिलो कार्यकाल वा त्यसअघिबाटै जारी रहेको छ। सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिका बाट डिपोर्ट भएका थिए।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन