पोखरा । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज नेपाल आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् नेपाल फर्काइदिएको छ ।
नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नभएको बताए ।
विमानमा नेपालीसँगै अन्य देशका नागरिकहरु पनि सवार छन्, जसलाई उनीहरूको देशमा झार्दै विमान काठमाडौं आइपुग्नेछ।
अध्यागमन स्रोतका अनुसार सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी भए पनि केही नेपाली रोकिएकाले अन्तिम संख्या कम हुन सक्ने अनुमान गरिएको छ। तथापि, डिपोर्ट गरिएका नेपालीहरुको संख्या कम्तिमा ४० जना हुने सम्भावना छ।
प्रवक्ता न्यौपानेका अनुसार अमेरिकाबाट फर्काइएका नेपालीहरुलाई के कारणले डिपोर्ट गरिएको भन्ने विवरण अमेरिकी पत्राचारमा खुलाइएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि आप्रवासीबारे नीति झन कडा बनाइएको छ। भिसा प्रक्रिया पुरा नगरेका, भिसा अवधि नाघेका वा अन्य कुनै कानुनी उल्लंघन गर्नेहरुलाई अमेरिका सरकारले नियन्त्रणमा लिएर देश निकाला गरिरहेको छ।
सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ। अध्यागमन विभागको तथ्यांक अनुसार जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिका फर्काइएका छन्।
अमेरिकाबाट नेपालीहरुको डिपोर्ट हुने क्रम ट्रम्पको पहिलो कार्यकाल वा त्यसअघिबाटै जारी रहेको छ। सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिका बाट डिपोर्ट भएका थिए।
सम्बन्धित खबर
एयर इन्डियाको जहाजमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण
इरानमाथि इजरायलको आक्रमण, आपतकाल घोषणा
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, लण्डन उडेको जहाजमा २४२ सवार
अस्ट्रियाको विद्यालयमा अन्धाधुन्ध गोली चलाएर पूर्वविद्यार्थीले गरे १० जनाको हत्या
अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज चार्टर्ड विमानबाट नेपाल फर्काइदै
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग