नेपालमा पहिलो पटक ट्रान्सजेन्डरबाट लिंग परिवर्तन भएको छ । जन्मदा पुरुष तर उक्त व्यक्तिले आफूलाई त्यसविपरीत महिला ठान्ने गर्दथे ।
त्रिवि शिक्षण अस्पताल महारागञ्जमा जनकपुरका २५ वर्षीय टान्सजेण्डरको शल्यक्रिया गरी महिलाको यौनाङ बनाइएको हो । जेठको दोस्रो साता शल्यक्रिया भई जेठको तेस्रो साता डिस्चार्ज भइसकेकी उनको लिंगकै तन्तुहरुलाई आवश्यकता अनुसार प्रतिस्थापन गरिएको अस्पतालले जनाएको छ ।
‘शल्यक्रियापछि यी व्यक्तिले खोजे अनुसारको लैंगिक सुविधा लिन सक्षम बनेका छन्’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रवक्ता सह प्रा.डा गोपाल सेढाइले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चार्ज अपरेशनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रिय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैङ्गिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।’
अमेरिकी प्लास्टिक सर्जन डा.अलरिजा हामीदियान जारोमीको सहयोगमा अस्पतालको प्लास्स्टिक सर्जरी विभागका प्रमुख डा.जयनमान श्रेष्ठको नेतृत्वसहित अस्पतालको चिकित्सक टोलीको सहभागितामा शल्यक्रिया गरिएको हो । अस्पतालमा पहिल्यै सीपयुक्त जनशक्ति भएपनि पहिलो शल्यक्रिया अनुभवी चिकित्सकको सहयोगमा गर्ने निधो गरी अमेरिकी सर्जन डा.जारोमीको सहयोग लिएको प्लास्टिक सर्जरी विभागका प्रमुख डा. श्रेष्ठले बताए ।

डा. जारोमीले शल्यक्रिया गरेवापत कुनै शुल्क नलिएको अस्पतालले जनाएको छ । डा.जारोमी आइतबार नै अमेरिका फर्केको र भविष्यमा अस्पतालले बोलाएमा आउने प्रतिबद्धता जनाएको डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार शल्यक्रियाको क्रममा सेवाग्राहीको लिंगमा आवश्यक ‘क्लाइरटस’ संरक्षण गरी उनको लिंग परिवर्तन गरेकोले भविष्यमा उक्त व्यक्ति पूर्णरुपमा महिलारुपी यौन जीवन अपनाउन सक्षम हुनेछिन् ।
‘उनी अव पुरुषसँग यौन सम्वन्ध राख्न सक्षम हुनेछिन,’ उनले भने । लिंग परिवर्तन गर्ने व्यक्तिले आफ्नो परिचय गोप्य राख्न अनुरोध गरेकाले नाम सार्वजनिक नगरेको डा. श्रेष्ठले बताए ।
लिंग परिवर्तन गर्ने शल्यक्रिया अत्यन्तै जटिल शल्यक्रिया मानिन्छ । लिंग परिवर्तनपछि पिसावको नली च्यापिने, लिंगमा संक्रमण हुने जस्ता जटिलता आउने भएकोले शल्यक्रिया गरेको व्यक्ति अत्यन्तै सजक भई सफाइमा ध्यान दिनु पर्ने डा. श्रेष्ठ सुझाउँछन् ।
लिंग परिवर्तन गर्ने शल्यक्रियाको लागि डा. श्रेष्ठले थाइल्याण्डमा पुगी दुई महिनाको तालिम लिएर आएका थिए । त्यसपछि उनको प्रयासमा नेपालमै यो कार्यक्रम ल्याइएको हो । आफूसँग प्रर्याप्त सीप भएकोले अबको शल्यक्रिया गर्न अस्पतालकै टिम पर्याप्त भएको उनले सुनाए ।
यो शल्यक्रियाको लागि नेपालमा डेढदेखि दुई लाख रुपैयाँ शुल्क लाग्नेछ । नेपालमा यो सेवा सुरु भएसंगै यो शल्यक्रियाको लागि टान्सजेण्डर विदेश गएर लाखौ खर्च गर्ने समस्यावाट मुक्त हुने दाबी डा. श्रेष्ठको छ । ‘यस्तो शल्यक्रियाको माग धेरै छ, भविष्यमा थप शल्यक्रिया गर्छौ’ उनले भने ।
नेपालमै पहिलो लिंग परिवर्तनको शल्यक्रियासंँगै यस्तो शल्यक्रियाको लागि अस्पताल सक्षम भएको अस्पतालका डा. श्रेष्ठले बताए ।
शल्यक्रियामा प्लास्ष्टिक सर्जरी विभागका सवै प्लाष्टिक सर्जनहरू प्राध्यपक डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. हिमालय निरौला, रेजिडेन्ट डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा.नोभेल, डा.ईशा, डा.अस्विन संलग्न थिए ।
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’