सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घ सोडारी निलम्बित

भ्रष्टाचार

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घ सोडारी निलम्बित

dirgha-sodari

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा दायर भएपछि उनको पद निलम्बनमा परेको हो। यसबारेको जानकारी सोमबार सभामुख भीमबहादुर भण्डारीले दिए।

सोडारीलाई पदको दुरुपयोग र सम्पत्ति आर्जनको आरोपमा मुद्दा चलिरहेको छ। उनी नेकपा (एकीकृत समाजवादी) का सदस्य हुन् र २०७९ मा कैलालीबाट निर्वाचित भएका थिए।

अख्तियारबाट प्राप्त पत्रअनुसार सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको सभामुख भण्डारीले बताएका छन्।

सोडारीलाई पदको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ