नेकपा (एमाले) निकट अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ।
सर्वसम्मतको प्रयास विफल भएपछि निर्वाचन हुने भएको हो । हिजो राति अबेर सम्म उम्मेदवारी दर्ता भएको थियो । ३२ वर्षे उमेरहद लागेपछि अध्यक्षमा दुई जना प्रतिस्पर्धी देखिएका छन्।
अध्यक्षमा प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा दाबी गरेका दीपक धामी कडरियालाई सहयोग गर्दै उनको महासचिव बन्न तयार भएका छन् । एक्ला एक्लै चुनाव लड्दा प्रकाश पौडेल भारी बन्ने देखेपछि कडरिया र धामी एकै समूहमा रहेर अध्यक्ष र महासचिव उम्मेदवार बन्दै पौडेल विरुद्ध प्रतिष्पर्धामा उत्रन लागेका हुन् ।
उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ । त्यस्तै, महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ ।
महासचिवमा दीपक धामीसँगै आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा तीन दर्जन बढी उम्मेदवार छन् ।
रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओली लगायत करिब ३५ जनाको सचिव पदमा उम्मेदवारी परेको छ ।
एमालेको संशोधित नीतिअनुसार अनेरास्ववियुको पदाधिकारी ९ सदस्यीय हुनेछ। १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ।
पदाधिकारीमै ५० जना हाराहारीको उम्मेदवारी परेको छ। केन्द्रीय कमिटीको उम्मेदवारको संख्या नै ६ सय भन्दा बढीको रहेको छ।
पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको थियो । चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको हो ।
अनेरास्ववियुमा दुई खेमा देखिएको छ । एउटा खेमाको नेतृत्व पौडेलले गरेका छन्। अर्को खेमाको नेतृत्व डा. कडरियाले गर्दै प्रतिनिधिहरूको बीचमा मत मागिरहेका छन्।
कार्य तालिका अनुसार उम्मेदवारको दर्ता फारम ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख थियो ।
मतदान बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ । अन्तिम नामावली भने आउन बाँकी छ । मतदानको समय केही ढिलो हुन सक्ने बताइएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण