एयर इन्डियाको जहाजमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण

एयर इन्डियाको जहाजमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण

air-india1

पोखरा । थाइल्याण्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान AI-379 लाई आपतकालीन अवतरण गरिएको छ।

१५६ यात्रु बोकेर उडेको जहाजमा बमको धम्कीपछि शुक्रबार बिहान फुकेट विमानस्थलमै आपतकालीन अवतरण गरिएको हो।

धम्की प्राप्त भएपछि विमान अण्डमान समुद्र माथि घुमेर पुनः फुकेट विमानस्थलमा अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यात्रुहरूलाई आपतकालीन प्रोटोकल अनुसार विमानबाट सुरक्षितरूपमा बाहिर निकालिएको छ । बमको धम्की लेखिएको नोट भेटिएको थाइ विमानस्थलले जनाएको छ, यद्यपि प्रारम्भिक खोजीमा कुनै विस्फोटक पदार्थ भने फेला परेको छैन।

नोट भेट्ने यात्रु हाल सोधपुछमा छन्। विमान थाइल्याण्डको समय अनुसार बिहान ९ः३० मा उडेको थियो र दिउँसो १२ः४० मा अवतरण गर्ने तालिका थियो।

बिहीबार मात्रै अहमदाबादमा एयर इन्डियाको अर्को विमान दुर्घटना भएको थियो । जसमा २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ। विमान मेडिकल कलेजको होस्टेलमा खसेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ