भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना, चालकसहित सात जनाको मृत्यु

भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना, चालकसहित सात जनाको मृत्यु

Helicopter-crash-india

पोखरा । भारतको प्रशिद्ध तीर्थस्थल केदारनाथमा हेलिकोप्टर दुर्घटना भएको छ।

मंगलबार बिहान त्रियुगीनारायण र गौरीकुण्डको बीचमा भएको दुर्घटनामा चालकसहित सात जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चालकसहित २५ वर्षीय उर्वी बरार, ३० वर्षीय कुर्ती बरार, २६ वर्षीय पूर्वा रामानुज, ६३ वर्षीय प्रेम कुमार वी, ५६ वर्षीय सुजाता र ६० वर्षीय कला रहेका छन्।

खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। हेलिकोप्टर उडेको दुई मिनेटमै दुर्घटनामा परेको थियो।

भारतीय समय अनुसार बिहान ११ बजेर ३४ मिनेटमा केदारनाथबाट गुप्तकाशीका लागि उडेको हेलिकोप्टर ११ बजेर ३६ मिनेटमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

यो भारतीय आकाशमा एक सातामै घटेको दोस्रो दुर्घटना हो । बिहिबारमात्र अमहदाबादमा एयर इन्डियाको जहाज दुर्घटनामा पर्दा २६१ जनाको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ