काठमाडौँ — कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाले नैतिकताको पाठ सिकाउनु सुहाउँदो नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा उनले ५ वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाएका हुन् ।
अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूले आफैंभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न उनले आग्रह गरे । ‘अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ, ५ वटा मुद्दा उहाँमाथि छ । उहाँ नै अहिले पनि त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापति पदमा हुनुहुन्छ । त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन ? मेरो यो प्रश्न छ,’ घिमिरले भने ।
रास्वपाको संसदीय दलको नेता समेत परिवर्तन भएको कुरा समेत बाहिर नआएको उनको भनाइ छ । उनले अगाडि भने, ‘संसद् सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ । जो सांसदबाट पनि निलम्बित भइसक्नुभएको छ, त्यही व्यक्तिलाई नै अहिले संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकताको सिकाउन कति मिल्ने हो ? कति जायज हो ?’
भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा पनि रास्वपाका सांसद्हरुले नाराबाजी गरिरहेका छन् । यद्यपि, रास्वपाका विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।
सम्बन्धित खबर
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
गगन थापाले भने– राज्यसँग जवाफ माग्न पुगेका युवामाथि कुटपिट गर्नु अत्यन्तै चिन्ताजनक र लज्जास्पद !
सरकारी कर्मचारीहरुले रक्सी र चुरोट सेवन गरे कारवाही
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन