इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन राजदूतावासको आग्रह

इरान-इजरायल युद्ध असर

इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन राजदूतावासको आग्रह

२४ घण्टे हटलाइन सेवा

israel

इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन नेपाली राजदूतावासले आग्रह गरेको छ ।

इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न भनेको छ ।

युद्धका कारण शैक्षिक सङ्घसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा/भेलामा रोक लागेको छ । इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन आग्रह गरेको हो ।

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले आग्रह गरेको हो । साथै, दुतावासले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ