कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा

कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा

pp

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरालाई कस्तो र कसरी बनाउने भन्ने विषयमा तयार पारेको अवधारण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बुझाएको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोर दक्त बराल नेतृत्वको टोलीले आइतबार मेयरलाई अवधारणा बुझाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

महानरपालिकाले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयारी गरिरहेका बेला विभिन्न पक्षबाट प्राप्त सुझावहरुको निष्कर्ष निकालेर अवधारण तयार पारेको हो ।

यसअघि कास्की काँग्रेसले पत्रकार सम्मेलन गरी अवधारण सार्वजनिक समेत गरेको थियो । पोखराको योजनावद्व विकासका लागि उपयोगी हुने गरी अवधारण तयार पारिएको कास्की काँग्रेसका सभापति बरालको भनाइ छ । अवधारणामा विभिन्न विषयहरु समावेश गरिएका ११ बुँदा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ