वीरगन्ज । सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ।
वीरगन्जको आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ रकम अपचलन भएको दाबी गर्दै जिल्ला सकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो। जसमा लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ। यस्तै छविलाल जोशीविरुद्ध भने ७ करोड २० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि गत वैशाख १४ गते अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। उक्त प्रतिवेदनमा भने प्रहरीले सानोपाइला सहकारी संस्थामा लामिछानेसहितको संलग्नतामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा रकम अपलचन यकिन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानबाट सानो पाइला सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ , काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो।
वैशाख १४ गते प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरेर करिब डेढ महिनापछि सरकारी वकिलको कार्यालयले पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गरेको हो।
वीरगन्जको सानोपाइला सहकारीमा रकम बचत गरेका ४ सय ३८ बचतकर्ताहरूले आफूहरूको रकम अपचलन गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका थिए।
सुरुमा २०८० साल साउन २१ गते ५२ जनाले, २०८० सालकै भदौ २२ गते २०७ जनाले र २०८१ साल फागुन २ गते १७९ जना बचतकर्ताले सानो पाइलाले रकम अपचलन गरेको भन्दै लामिछानेसहित विभिन्न व्यक्तिलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराएका थिए। तर त्यस बेला सहकारी ठगी मात्रै अनुसन्धान थालेको प्रहरीले पछि संसदीय छानबिन समितिले सम्पति सहकारी ठगीसँगै शुद्धीकरण र संगठित अपराधमा पनि छानबिन गर्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेपछि पर्सा प्रहरीले ती तीन वटै मुद्दामा अनुसन्धान गरेको थियो।
लामिछानेलाई सहकारी ठगी लगायतका प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीले गत मंसिर २४ गते पोखराबाट पक्राउ गरेर वीरगन्ज ल्याएको थियो। मंसिर २५ गते उनलाई पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याएर उनीसँग ४ घण्टा बयान लिइएको थियो। त्यसै दिन बयान सकिएपछि लामिछानेलाई हवाईमार्गबाट प्रहरीले काठमाडौं लगेको थियो।
लामिछाने हाल बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु