काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेलाई ‘निलम्बन गर्ने निर्णय’ कार्यान्वयन नगर्न आदेश

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेलाई ‘निलम्बन गर्ने निर्णय’ कार्यान्वयन नगर्न आदेश

Rajunath-pandey-KTM

काठमाडौं : उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रमुख राजुनाथ पाण्डेको निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले दायरको गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रमुखकै जिम्मेवारीमा काम गर्न आदेश दिएको हो।

गत जेठ २० गते काठमाडौं महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। तर, चित्तबुझ्दो जवाफ नदिएपछि पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ