पोखराको सिमलचौरबाट लागू औषधसहित ४ जना पक्राउ

पोखराको सिमलचौरबाट लागू औषधसहित ४ जना पक्राउ

pakrau

पोखरा । पोखरा महानगरपालिका– ८ सिमलचौरबाट लागू औषधसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका– ५ घर भई हाल कास्की, पोखरा– ७ रत्नचोक बस्ने २८ वर्षीय मनोज रेग्मी र २३ वर्षीय रोज कुँवर तथा पोखरा– १७ घारिपाटन बस्ने २८ वर्षीय राज बहादुर पौडेल र २८ वर्षीय राजेश बहादुर पौडेल छन् ।

उनीहरुलाई प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ ६ बजे पक्राउ गरेको हो ।

प्रहरीले सिमलचौर स्थित प्रतिभामार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको र ग १४ प ३३५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथमा लागूऔषध फेला पारेको थियो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट लागूऔषध Tapentadol Tablets(10)mg लेखिएको १०५० ट्याब्लेट र मोबाईल २ थानसमेत बरामद गरिएको छ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ