पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, आवागमन ठप्प

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, आवागमन ठप्प

pahiro

बागलुङ । बागलुङ नगरपालिका– १० दब्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो ।

विगत चार वर्षदेखि हरेक वर्षायाममा यो क्षेत्रमा निरन्तर पहिरो खस्ने गरेको छ, जसले सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ। करिडोर अवरुद्ध भएसँगै बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रतर्फको सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ। लामो दूरीका लागि छुटेका सवारीसाधनहरू पनि पहिरो खसेको आसपासका क्षेत्रमा रोकिएका छन्।

हाल कालोपत्रेको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा पनि ठाउँठाउँमा पहिरोले करिडोरलाई क्षति र्पुयाएको छ। कालोपत्रेको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds