काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिक भइसकेकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
ब्रिटिस गोर्खा सैनिकले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भएको उनले उल्लेख गरे । तर, अर्को देशको नागरिकता लिइसकेपछि नेपालको दिन नसकिने उनले स्पष्ट पारे ।
उनले अरू कामका निम्ति एनआरएनएलाई दिएसरहको नागरिकता दिन सकिने बताए । नेपालजस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने उनको भनाइ थियो ।
नेपाल फर्कन चाहनेलाई स्वागत गर्न तयार रहेको उनले बताए । “…अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरू सुविधाहरू दिन सकिन्छ,” उनले भने, “नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।”
ब्रिटिस गोर्खा सैनिकबारे संसदीय समितिमा छलफल जारी रहेकाले संसद्बाट निष्कर्ष निस्कने उनले सुनाए । “जहाँसम्म गोर्खा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ, त्यसमा म स्पष्ट छु,” उनले भने, “ब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिटै निष्कर्ष निस्किनेछ ।”
सभापति देउवाले गोर्खा सैनिकको इतिहास गर्बिलो रहेको बताए । ब्रिटिस गोरखा सैनिक नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण माध्यम भएको उनले उल्लेख गरे ।
सम्बन्धित खबर
कञ्चनपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
आज २१२ औँ भानु जयन्ती मनाइँदै
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
देशभर बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा