जोजिजू म्यूजिकको सांगीतिक एवं सांस्कृतिक कार्यक्रम

जोजिजू म्यूजिकको सांगीतिक एवं सांस्कृतिक कार्यक्रम

utprem

पोखरा । विश्व संगीत दिवसलाई जोजिजू म्यूजिक सेन्टरले सांगीतिक एवं सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । संस्थाले गीतारवादक अमीत गुरुङलाई सम्मानसमेत गर्‍यो ।

सेन्टरका प्रबन्ध निर्देशक बिनित जोजिजूले विगतमा पोखरास्थित विभिन्न संघसंस्था मिलेर संयुक्तरुपमा दिवस मनाउने प्रचलन रहेकोमा यसपालि सामूहिक कार्यक्रम नभए पनि आफूहरुले पहल गरेको बताए ।

पोखराको सिम्पानी निवासी गीतारवादक गुरुङ दुई दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।

प्रमुख अतिथि कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले उनलाई दोसल्ला, माला र सहित सम्मानपत्र प्रदान गरे । सो अवसरमा श्रेष्ठले पोखरामा विश्व संगीत दिवसमा विगतमा हुने गरेका कार्यक्रमको चर्चा गर्दै यसको महत्वमाथि प्रकाश पारे ।

उनले पोखरा महानगरपालिकाले विश्व संगीत दिवस अवसरमा पोखराको चिनारी फैलाउनेखालको सांगीतिक कार्यक्रम गर्न सुझाव दिए । त्यसका लागि यहाँको पुराना ब्याण्डहरुलाई एकै स्टेजमा उभ्याउन सकिने भन्दै कार्यक्रममा उपस्थित पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यमार्फत महानगरमा यो योजना अघि सार्न अनुरोध पनि गरे ।

सो अवसरमा वडाध्यक्ष कर्मचार्य, पोखरा सांगीतिक कलाकार संघका पूर्व अध्यक्ष सुनिल थापा, पोखरा प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति पद्मराज ढकाल लगायत बोलेका थिए । कार्यक्रम संचालन पोखरा सांगीतिक कलाकार संघका सचिव एमडि काफ्ले र कार्यक्रम संयोजक सानु जोजिजुले संयुक्तरुपमा गरेका थिए । कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक बिनित जोजिजूको अध्यक्षतामा भएको हो ।

सो अवसरमा शास्त्रीय, भक्ति संगीत, सुगम, आधुनिक, लोकसंगीतका साथै सांगीतिक धून, लाइभ ब्याण्ड प्रस्तुत गरिएको थियो ।

यस्तै, विभिन्न नेवारी डान्स, लोक आधुनिक नृत्यसमेत प्रस्तुत हुँदा दर्शक रमाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ