चितवन — पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपालमा राजनीतिक परिवर्तनसँगै पूर्वाधार लगायतका क्षेत्रमा प्रगति भएपनि मान्छे सन्तुष्ट नहुनुको कारण खोज्नुपर्ने बताएका छन् ।
बुधबार भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले भने, ‘मान्छेमा सन्तुष्टि नै छैन । हिजो के थियो देखेकै छैन उसले। जेन जी पुस्ता भन्छौं हामी । उसको दोष हैन, सरकारले यो नयाँ पुस्तालाई न इतिहास पढाउँछ न भूगोल ।
सडक सञ्जाल देशभर विस्तार भएको, दुई दशकमा सञ्चार सेवामा क्रान्ति भएको र स्वास्थ्य शिक्षाको विस्तार पनि राम्रो भएको उनले बताए । ‘तर गुणस्तरीय सेवा र सर्वसाधरणलाई विश्वासमा लिन अझै आवश्यक छ,’ पूर्वराष्ट्रपति यादवले भने । कोभिडले पिरोलेको त्यसअघि भूकम्पले दु:ख दिएको देशमा जनताले नै चुनेका प्रतिनिधिले संविधान बनाएर जनतालाई देशको मालिक बनाएको तथ्य बिर्सन नहुने उनले बताए ।
‘आज स्थानीय तहमा १२/१३ हजार जना दलित, मधेशी, आदिवासी, महिला, जनजाति, मुस्लिम अल्पसंख्यकहरु चुनिएको अवस्था छ । पछिल्लो १७ वर्षमा लोकसेवाबाट २५ हजार २१८ जना दलित, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग रोजगारीमा आएको छ । देश सबैको हो भन्ने भावना बढेको छ,’ पूर्व राष्ट्रपति यादवले भने । १० वर्षको सशस्त्र संघर्षलाई विराम लगाउँदै देश अगाडि बढेको उनले बताए ।
‘हामी अफ्ठ्यारो अवस्थाबाट गुज्रिँदै यहाँसम्म आएको हो । देशमा धेरै कुरा भएको छ । म नेगेटिभ भन्दिनँ, म आफैंले भोगेको छु, म पोजेटिभ छु । हिजो भारत लथालिङ्ग थियो, चीन त्यस्तै थियो । अहिले अगाडि आए । हामी पनि अगाडि बढ्दै छौँ । रोम पनि एक दिनमा बनेन,’ उनले भने ।
उनले नयाँ नेपालमा सबैको अधिकार बराबर भएको र ‘डेमोक्रेसी’लाई राख्दै हाम्रा संरचनाहरुलाई कसरी सवल बनाउने भन्ने ज्ञान सरकार र राजनीतिक नेतृत्वलाई हुनुपर्ने बताए ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो