झाँक्रीले नेपाललाई लक्षित गर्दै अब काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने बताइन्।
‘पार्टी बनाउने नै हो भने यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ, पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं, कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं।’ उनले भनिन्,‘अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ, कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’
झाँक्रीले हलबाट नै नेतृत्व छान्नुपर्ने बताइन्। उनले मतदाता नामावली सारेर ल्याएका मान्छे र टीका लगाएर बनाएको केन्द्रीय समितिबाट पार्टी बन्न नसक्ने धारणा राखिन्।
उनले भनिन्,‘हामी सुध्रिने हो भने, नयाँ ढंगले जानको लागि अर्ली महाधिवेशन गरौं, हलबाट नेतृत्व छानौँ। तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्नुहुन्छ। होइन भने- मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न।’
एमाले विभाजनपश्चात माधव नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ताका लागि जाँदा युवा नेतृ झाँक्रीको चर्चा बढेको थियो। तर पछिल्लो समय झाँक्री र नेपालको सम्बन्धमा समेत दरार आएको छ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह