भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

pahiro_india

पोखरा । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा पहिरोमा परी नौ मजदूर बेपत्ता भएका छन् ।

यमुनोत्री राष्ट्रिय राजमार्गमा पर्ने सिलाई बैंड नजिकै खसेको पहिरोले त्यहाँ रहेको एक श्रमिक शिविर पहिरोले बगाएको हो ।

प्रहरीका अनुसार, शिविरमा १९ जना मजदूर थए । तीमध्ये १० जनालाई सकुशल उद्धार गरिएको छ भने नौ जना अझै बेपत्ता छन् । घटनास्थलमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, एनएच बडकोट र स्वास्थ्य विभागका टोलीहरू खटिइरहेका छन् र उद्धार तथा राहतको काम चलिरहेको छ ।

उक्त क्षेत्रमा ठूलो पानी परेको र पहिरोको जोखिमलाई ध्यान दिँदै सतर्कता बढाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ