पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम दिईएको छ ।
शुक्रबार भएको तालिममा गण्डकी प्रदेशमा रहेका विशेषगरि खेल क्षेत्रमा रुची राखेका क्रियाशिल पत्रकारहरुलाई भलिवल, एथ्लेटिक्स र क्रिकेट सम्वन्धि प्रशिक्षण गराइएको हो । खेलका नीति, नियम तथा मापदण्डका बारेमा बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको छ । तालिममा सहभागि पत्रकारले खेलका टेक्निकल नियमका विषयमा केन्द्रीत रहेका थिए । समाचार लेख्दा टेक्निकल नियमका बारेमा बुझ्न आवश्यक रहेको सहभागिको भनाई थियो ।
तालिममा भलिबल सम्वन्धि राजन पौडेल, आइटिओ एथ्लेटिक्स सम्वन्धि सिद्धान्त अधिकारी र क्रिकेट सम्वन्धि रिजन प्रजुले प्रशिक्षण दिए ।

यसअघि भएको उत्घाटन सत्रको अध्यक्षता गरेका मञ्चका अध्यक्ष एमबि आस्था मगरले तालिमका बारेमा जानकारी दिँदै यसको आवश्यकता र महत्वका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले खेल क्षेत्रका कुराहरु सरकार समक्ष पुराउन पत्रकारले खेल क्षेत्र र यसका नीति नियम बुझ्न आवश्यक रहेको बताए । साथै खेल र खेलाडीका बारेमा प्रकाशित सकारात्मक समाचारले खेल संघ तथा खेलाडीलाई प्रोत्साहन मिलेको समेत उनको भनाई थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल खेलकुद पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगाएतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिएभने कार्यक्रमको सञ्चालन मञ्का महासचिव परशुराम शर्माले गरेका थिए ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ