गण्डकीसहित तीन प्रदेश प्रमुखसँग मुस्लिम समुदायका अगुवा र श्रष्टा पदयात्रा टोलीको भेट

भेटवार्ता

गण्डकीसहित तीन प्रदेश प्रमुखसँग मुस्लिम समुदायका अगुवा र श्रष्टा पदयात्रा टोलीको भेट

muslim aguwa bhet (1)

काठमाण्डौ । प्रदेश प्रमुखहरूसँग श्रष्टा पदयात्रा नेपालको पदाधिकारी टोली र मुस्लिम समुदायका अगुवाले भेटवार्ता गरेका छन् ।

प्रदेश प्रमुख निवास भैंसेपाटीमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसहित सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासँग टोलीले संयुक्त भेट गरेको हो ।

उक्त अवसरमा प्रतिनिधि सभा सांसद सराज अहमत फारुकी, संविधानसभा सदस्य तथा पूर्वमन्त्री जाकिर हुसेन, वरिष्ठ चिकित्सक डा. काशीम शाह, इस्लामिक संघका अध्यक्ष मौलाना नजरुल हसनको उपस्थिति थियो । यस्तै, साहित्यकार लक्ष्मण रायमाझी, श्रष्टा पदयात्रा नेपालका अध्यक्ष शितल गिरी, उपाध्यक्ष विमल अर्याल, जनसम्पर्क प्रमुख डा. बालचन्द्र मिश्र, कार्यसमिति सदस्य प्रतिक घिमिरे लगायत सहभागी थिए ।

मुस्लिम अगुवाहरुले सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँको समुपस्थितिमा बागमती प्रदेश प्रमुख र गण्डकी प्रदेश प्रमुखलाई नेपालमा मुस्लिम समुदायको उपस्थिति, कुन प्रदेशका कहाँ ? कति ? मुस्लिम समुदायको बाहुल्यता छ भन्नेबारे विस्तृतमा जानकारी गराए ।

यस्तै, श्रष्टा पदयात्रा नेपाल टोलीले पनि मुलुकका विभिन्न जिल्लामा पदयात्रा कार्यक्रम गरिसकिएको जानकारी गराउँदै अब १०० औं पदयात्राको तयारीमा रहेको बताए ।

साहित्यकार, लेखकहरु मिलेर सात वर्ष अघिदेखि सक्रियतापूर्वक अघि बढेको यो संस्थाले पठन संस्कृतिको विकाससँगसँगै प्रकृतिको सानिध्यमा रहेर श्रष्टाहरुका सिर्जना प्रस्फुटन गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याएको उल्लेख गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ