पोखरा । पोखराको नदिपुरमा मंगलबारदेखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोगिताको लिग चरणको खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले विजयी सुरुवात गरेको छ ।
लिगचरणको पहिलो खेलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–१६, २५–१४ र २५–१७ ले पराजित गर्यो । घान्द्रुकले पहिलो खेलमा ३ अङ्क जोड्यो ।
दोस्रो खेलमा आधिखोला न्यू दिल्लीले एपिएफ पोखरालाई ३–१ को सेटमा पराजित गर्यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २६–२८ ले गुमाएको आधिखोलाले दोस्रो सेटमा २५–२३ ले जित्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २८–२६ले जितेको आधिखोलाले चौथो २५–२० ले जित्यो ।
पहिलो खेलमा जित निकालेको आधिखोलाले ३ अङ्क जोडेको छ ।
यस्तै तेस्रो खेलमा ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले ठकुरी समाज तनहुँलाई पराजित गर्यो । ढुङ्गे देउरालीले ठकुरी समाजलाई ३–२ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–२३ ले जितेपनि ढुङगे देउराले दोस्रो सेट २२–२५ र तेस्रो सेट २२–२५ ले नै गुमायो । चौथो सेटमा २५–१८ ले पूनरागमन गर्दै पाँचौ तथा निर्णायक सेट १५–१३ ले जित्यो ।
ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले लिग चरणको पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा जित निकाल्दै २ अङ्क जोडेको छ । यस्तै पराजित भएपनि ठकुरी समाजले १ अङ्कले जोडेको छ ।
आज नै भएको भेट्रान्स तर्फको पहिलो खेलमा माछापुच्छ्रे गाउँपालिका विजयी सुरुवात गरेको छ । माछापुच्छ्रे गाउँपालिकाले जिएम ब्रोडर्स लामाचौरलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो ।
पहिलो सेट १९–२५ ले गुमाएको माछापुच्छ्रेले दोस्रो सेटमा उत्कृष्ट पूनरागमन गर्यो । दोस्रो सेटमा एक समय ११–२० ले पछाडि परेको माछापुच्छ्रेले २४–२४ को बराबरी गर्दै ३१–२९ को जित निकाल्यो । तेस्रो तथा निर्णायक सेट २५–२१ ले माछापुच्छ्रेले जित्यो ।
सभ्य समाज निर्माणमा खेलकुदको महत्वपूर्ण भुमिकाः अध्यक्ष केसी

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सभ्य समाज निर्माणमा खेलकुद क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।
लामा अमृत फाउण्डेशन घान्द्रुकले आज देखि पोखराको नदिपुरमा सञ्चालन गरेको तेस्रो संस्करणको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
‘सबै हिसाबले समाज राम्रो बनाउन पर्छ भनेर हामी लागेका छौं, समाजलाई गतिशिल र अनुशासित बनाउन पर्छ भनेर तपाई हामी लाग्न पनेै छ, त्यसमा अझ बढी खेलकुद क्षेत्रको योगदान बढी छ, अध्यक्ष केसील भने, ‘ खेलाडी जब अनुशासनमा रहन्छ राष्ट्रलाई चिनाउछ र सभ्य समाज सहयोग पुर्याउँछ ।’
लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले भोलि बाँकी रहेका लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए । प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।
फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा दर्शकलाई निशुल्क प्रवेश रहेपनि आजदेखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान