पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शीर्ष स्थानमा  

पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शीर्ष स्थानमा  

khel

पोखरा ।  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।

पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको सातौ खेलमा घान्द्रुक क्रोम्छेले आधिखोला न्यु दिल्लीलाई ३–१ को सेटमा पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

घान्द्रुकले आधिखोलालाई २६–२४, १२–२५, २५–२३ र २५–२३ ले पराजित ग¥यो । लिगको शिर्ष स्थानमा उक्लिएको घान्द्रुकको ४ खेलमा ९ अङ्क छ । यस्तै आधिखोला ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

यस्तै बिहीबार भएको लिगको आठौै खेलमा एपिएफले ठकुरी समाजलाई ३– १ को सेटमा नै पराजित गरेको छ । एपिएफले ठकुरी समाजलाई २५–२०, २०–२५, २५–२० र २८–२६ले पराजित गर्‍यो । एपिएफ ६ अङ्कसहित तेस्रो स्थानमा छ । आधिखोला र एपिएफको समान ६/६ अङ्क भएपनि सेटको आधारमा आधिखोला दोस्रो स्थानमा छ ।

यस्तै  ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जा चौथो र ठकुरी समाज पाँचौ स्थानमा रहेको छ ।

लिगको शिर्ष स्थान र चौथो स्थानमा रहने टिमले पहिलो सेमिफाइनल र लिगको दोस्रो र तेस्रो स्थानमा रहने टिमले दोस्रो सेमिफाइनलमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

भेट्रान्सतर्फ क्वाटरफाइनलको एक खेल बाँकी

लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको तेस्रो क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको भेट्रान्सतर्फ शुक्लागण्डकी, पोखरा भेट्रान्स र अर्चलबोट भेट्रान्स सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

यस्तै अन्तिम क्वाटरफाइनल खेल होटल ल्याण्ड सिक्लेस भेट्रान्स र किङ्स युनाटेडको खेल शुक्रबार हुनेछ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले शुक्रबार लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए । प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।

फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ