काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओली काठमाडौं फर्किएका छन् र तत्काल यसबारे निर्णय लिँदैछन् । मन्त्री गुप्तालाई बोलाएर कुराकानी हुँदैछ,’ सचिवालय स्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्रीले एक्सन लिनुहुन्छ।’
मन्त्री गुप्ताले ‘घुस डिल’ गरेकोसम्बन्धी अडिओ सार्वजनिक हुँदा प्रधानमन्त्री पूर्वमा थिए ।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्ताको जबाफ चित्तबुझ्दो नभए राजीनामा माग्ने, नदिए बर्खास्त गर्ने तयारी गरेको सचिवालय स्रोतको दाबी छ। ‘राजीनामा गर्न नै भनिन्छ । त्यो नै उत्तम विकल्प हो’ स्रोत भन्छ, ‘नभए बर्खास्तकै निर्णय गर्नुपर्ने हुन्छ ।’ गुप्ता नेकपा (एमाले) का केन्द्रीय सदस्य र प्रतिनिधि सभा सांसद पनि हुन्।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ भन्दै मन्त्री गुप्ताको अडिओ सार्वजनिक भएको थियो।
मन्त्री गुप्ताले पनि प्रधानमन्त्रीसँग कुराकानी नभएको बताएका छन्। उनले आफ्नो खातामा र मन्त्रालयको खातामा पैसा नआएको दाबीसमेत गरेका छन् भने अडिओ परीक्षण गर्न आफू तयार रहेको बताएका छन्।
सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै आधारमा तत्काल कुनै निर्णय नलिने सम्भावना छ ।
सार्वजनिक भएको अडियो अनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा बिचौलिया सुजन लामा र मन्त्री गुप्ता बीच सम्वाद भएको छ । जहाँ भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको सुनिन्छ ।
यद्यपि अडियोमा नाम लिइएको व्यक्ति आयोगको जिल्ला अध्यक्ष नियुक्त भएनन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा