काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान सुझाव दिएका छन्।
प्रचण्डले ३०० दिनमा पनि कीर्तिपुर क्रिकेट रंगशाला सम्पन्न नभएपछि प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट?
सोही प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’
प्रधानमन्त्री ओलीले सरकारको कामबारे तथ्यतथ्यांक राखेर प्रधानमन्त्रीको रूपमा कुनै जवाफ दिन नपरेको भन्दै उल्टै प्रचण्डलाई प्रश्न गरेका छन्। ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन। सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें।’
प्रचण्डले जर्जर छोडेको अर्थतन्त्र अहिले धेरै माथि पुगेको र तथ्यांकमा हेर्न पनि प्रधानमन्त्री ओलीले सुझाव दिएका छन्।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण